नेकपा सचेतक चौधरी एसईई परिक्षामा सहभागी


बाँके । आजबाट सुरु भएको एसईई परिक्षामा नेकपा संघीय संसदीय दलकी सचेकत शान्ता चौधरी पनि परिक्षार्थीको रुपमा सहभागी हुनु भएको छ । परिक्षामा सामेल हुनु भन्दा करिब २४ मिनेट अगाडी उहाँले आफ्नो फेसबुकवालमा आफु परिक्षामा सहभागि भएको भन्दै ‘आजबाट सुरु हुने एसईई परिक्षामा सामेल हुन जाँदैछु ।’ भन्नु भएको छ ।
उहाँ सभासद भएपछि मात्रै औपचारीक शिक्षा आर्जन गर्न लाग्नु भएको हो । शिक्षा आर्जका लागि कुनै उमेर र पदले रोक्दैन भन्ने संन्देश पनि सचेतक चौधरीको अध्ययनबाट सबैका लागि शिक्षा भएको छ । आफ्नो शिक्षा आर्जनको प्रयासमा सहयोग गर्ने सबैलाई संझदै चौधरीले लेख्नु भएको छ ‘परिक्षाको तयारी गर्दै गर्दा मेरा आफन्तजन, शुभेच्छुक, शुभचिन्तक र मिडियाकर्मी मित्रहरुले थप हौसला मिलेको छ ।’ उहाँले लेख्नु भएको छ ।
सचेतक चौधरीले आजबाट सुरु भएको एसईई परिक्षामा सामेल हुँदै गर्दा अन्य औपचारीक अध्ययन नगर्नु भएका व्यक्तिलाई समेत शिक्षा आर्जनका लागि हौसला मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *