धानखोलामा बस र ट्रक ठोक्किदा २१ जना घाइते

बाँके । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोलामा बस र ट्रक एकापसमा ठोक्किदा २१ जना घाइते भएका छन्। बसका चालक बर्दिया मंगलगडि नपा ४ बस्ने २६ वर्षीय खिमराज बिकसहित ४ जनाको अवस्था गम्भीर रहेको छ।

शनिबार दिउँसो कपिलवस्तुको शिवराज नगरपालिका १, धानखोला क्षेत्रमा बुटवलबाट नेपालगंजतर्फ जाँदै गरेको ना ७ ख ६७४ नम्बरको बस र ना ४ ख ८३८५ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा शिवराज नगरपालिका ५ का ५८ वर्षीय राम तुल्लाह मुसलमान, २५ वर्षीय कल्पना सुनार, १५ वर्षीय भिम सुनार घाइते भएका छन्। दुर्घटनामा दाङ घोराही उपमहानगरपालिकाका २५ वर्षीया सपना सुनार, प्युठान गौमुखी नगरपालिकाका ७५ वर्षीय खडकबहादुर वि.क, हुमे सुनार, २५ वर्षीया रतकुमारी, देवि चौधरी लगायत २१ जना घाइते भएका छन्।

दुर्घटनामा परेका १७ जनालाई बुटवलका बिभिन्न अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रहरी नायव उपरीक्षक रबि रावलले बताए। घटनास्थलबाट बस र ट्रकलाई क्रेनमार्फत हटाउने प्रयास भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *