पोखरेल बन्धु संगठित हुँदै


बाँके । पोखरेल समाज बाँकेको बैठकले नयाँ बर्षमा क्यालेण्डर प्रकाशन गर्ने, पिकनिक जाने, चेतनामुलक कार्यक्रम गर्ने, व्लड डोनेसन कार्यक्रम गर्ने जस्ता निर्णय गरेको छ । शनिबारमा बसेको बैठकले गरीब, अपाङ्ग, असहाय, बृद्धहरुलाइ सहयोग पुग्ने खालका काम गर्ने समेत निर्णय गरेको अध्यक्ष अक्षरी पोखरेलले जानकारी दिनु भएको छ ।

जसमा क्यालेण्डर प्रकाशन गर्नको निम्ति सचिव विष्णु पोखरेलको संयोजकत्वमा ६जनाको कमिटि गठन गरेको छ । जसमा लक्ष्मण पोखरेल वडा ं.१० लक्ष्मण पोखरेल वडा नं.१२, कुल प्रसाद पोखरेल, रामप्रसाद पोखरेल र शरद पोखरेल रहेका छन । यसैगरी चैत्र २३ गते शनिवारका दिन पिकनिक जानको निम्ति टंक पोखरेलको संयोजकत्वमा शरद पोखरेल,लक्ष्मण पोखरेल, शुष्मा पोखरेल, कमला पोखरेल लगायत ५जनाको तयारी कमिटि गठन गरेको छ ।

बैठकले छरिएर रहेका पोखरेल बन्धुलाई एकता गर्ने उदेश्यले पोखरेल बन्धुहरुलाई समेटेर नयाँ बर्षमा खजुरा मिनिपार्कमा पिकनिक जाने र असहाय बालबालिकालाई सहयोग गर्ने जस्ता कार्य गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *