सन्दीपले आइपिएलमा सर्वाधिक विकेट बनाउलान ?


बाँके । आज देखि सुरु हुने इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटका लागि दुई दिन अघि दिल्ली पुगेका नेपालका युवा स्टार सन्दीप लामिछाने टिमको तयारीमा व्यस्त हुनु हुन्छ ।

बिहीबार उहाँ टोली दिल्ली क्यापिटल्सको नियमित अभ्यासमा व्यस्त हुनु भयो । दिल्लीले आफ्नो पहिलो खेल आइतबार मुम्बई इन्डियन्सविरुद्ध खेल्दै छ। लामो समय विभिन्न अन्तर्रा्ष्ट्रिय व्यावशायिक लिगमा व्यस्त सन्दीप केही दिन परिवारसँग विताएर बुधबार भारत जानु भएको थियो ।
गत सिजन लिग चरणका अन्तिम तीन खेलमा शानदार प्रदर्शन गरेका सन्दीपबाट यसपटक दिल्लीले बढी अपेक्षा गरेको छ। उहाँले पहिलो रोजाइमा अवसर पाउने सम्भावना बलियो छ।
सन्दीपले आइपिएलमा हालसम्म तीन खेल खेल्दै पाँच विकेट लिनु भएको छ । सन्दीपको अभ्यासको तस्विरहरु ट्विटरमा पोष्ट गर्दै दिल्ली क्यापिटल्सले भन्नु भएको छ यो सिजनमा यिनी सर्वाधिक विकेट लिने बलर बन्लान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *