विप्लव समूहका स्थायी कमिटि सदस्य हेमन्तप्रकाश पक्राउ


बाँके । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य हेमन्त प्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको टोलीले नेता हेमन्तलाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको हो । नेता हेमन्तसँगै अरु केही नेकपाका कार्यकर्ता पनि पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले टोलीले काफल डाँडाबाट पक्राउ गरेको हो ।
केही दिनअघि काभ्रेको काफल डाँडामा प्रहरी र नेकपाका कार्यकर्ता्बिच फायरिङ्ग भएको थियो । त्यस क्रममा प्रहरीले नेकपाका चार कार्यकर्तालाई पक्राउ गरेको थियो ।
काठमाडौँबाट गएको अपराध अनुसन्धान महाशाखाको टोलीले त्यो बेला हेमन्तलाई पक्राउ गर्न असफल भएको थियो । तर शुक्रबार राति उनी पक्राउ परेको जनाइएको छ । सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिमा प्रतिबन्ध लगाएसँगै धरपकड तीव्र बनाएको छ । यो खबर देशसञ्चारमा प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *