८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने

बाँके । बाँकेको जानकी गाउपालिकाबाट पाँच नंम्बर प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने निर्णयको कार्यान्वयनका लागि सुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँके र जिल्ला समन्वय समिति बाँकेको सहकार्यमा सो कार्यक्रम लागू गर्नको लागि शुक्रबार जानकी गाउँपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई एकदिने अनुशिक्षण समेत गरिएको छ ।
जानकी गाउपालिकाका अध्यक्ष रामनिवास यादवले प्रदेश सरकारले ल्याएको ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम पहिलो पटक आप्mनो गाउपालिकाबाट लागू गर्न पाएकोमा प्रदेश सरकारलाई धन्यबाद समेत दिए । उनले गाउपालिकाको ६ वटै वडामा ८४ वर्ष उमेर पुरा गरेका करिव २ सय जेष्ठ नागरिक हुन सक्ने आशंका गरे ।
जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्तीले ८४ वर्ष पुरा गरेका जेष्ठ नागरिकको लागि घरमै पुगेर निशुल्क स्वास्थ्य सेवा दिने निर्णय प्रदेश सरकारको कार्यक्रम भए पनि हामी सबै स्थानीय तहले त्यसको कार्यान्वयनको लागि आ–आफ्नो क्षेत्रबाट पहल गरिनु पर्ने कुरामा जोड दिदै प्रदेश सरकारले पहिलो पटक यो कार्यक्रम लागू गरेको कारणले पनि यसको सफल कार्यान्वयन गरी जेष्ठ नागरिकको स्वास्थ्यप्रति सचेत बन्न आवश्यक रहेको औल्याए ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई महिनामा कम्तिमा पनि दुई पटकसम्म घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम बाँकेका ८ वटै पालिकामा लागू गर्ने क्रममा जानकी गाउपालिकाबाट शुरु गरिएको बताए ।
उनले पहिलो चरणमा तथ्याङ्क संकलन गर्ने, वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई कार्यक्रमको निर्देशिका बारे जानकारी गराउन अभिमुखिकरण गर्नुका साथै सेवा दिने स्वास्थ्यकर्मीलाई समेत प्रति पटक २ सय ५० रुपैया सुविधा उपलब्ध गराउने नीति रहेको जानकारी दिए ।
सो अवसरमा प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालय स्वास्थ्य विभागबाट गोपाल गौतम, जानकी गाउपालिकाका उपाध्यक्ष भुमिसरा धिताल, छ वटै वडाका वडा अध्यक्ष तथा गाउपालिकाका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *