नेपाल २०८० देखि ८५ को समय सुरुङ मार्गको युग: प्रधानमन्त्री

बाँके ।प्रधानमन्त्री केपी शर्मा ओलीले वि.संं. २०८० देखि ८५ सालको समय सुरुङ मार्गको युग हुने बताउनु भएको छ ।  शुक्रबार बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ७५ देखि ८० सालसम्म सडक युग र ८० देखि ८५ सम्म सुरुङ मार्गको युग हुने बताएका हुन् । उनले देशमा विकासको युग सुरु भएकाले विपक्षीहरुले विरोध गर्दैमा नरोकिने दावी गर्नु भएकाे छ ।

 

 

उहँले प्रतिपक्ष काँग्रेसलाई विकासको काम धमाधम भइरहका बेला कसैले घर बसेर गफ गरेर केही नहुने बताउदै । उहाँले भन्नू भयाे, ‘हामी काम गरिरहेका छौ, अरुले घर बसेर गफ गरेका छन् । काम गरेपछि विकास हुन्छ, त्यो कसैले रोकेर रोकिदैन् ।’

प्रधानमन्त्रीले शिलान्यास गरेको बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडकको स्तरोन्नती आगामी साढे तीन वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ । बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करिब तीन घण्टा लाग्छ । उक्त सडकको स्तरोन्नति गरेर चार लेन बनेपछि १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिनेछ ।

कार्यक्रममा नेकपा महासचिव बिष्णु पौडेलले समयमै काम सम्पन्न गर्न सवैको सहयोग आवश्यक रहेको बताए । उनले निमार्ण कम्पनीलाई तोकिएकै समयमा काम सक्नेगरी काम गर्न आग्रह समेत गरे ।   राजमार्गको १ हजार २७ किलोमिटर सडक खण्डमध्ये बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार गर्न थालिएको हो । सडक खण्ड राजमार्गको मध्य भागमा पर्छ । १ सय १४ किलोमिटरमध्ये २८ किलोमिटरमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेनसहितको हुनेछ । सडक एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्न लागेको हो । सडक विभाग आयोजना निर्देशनालय उपआयोजना निर्देशक सागर पौडेलले चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *