नेपाल र भारत बराबरी

बाँके । पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य लिएको नेपाल डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा भिडिरहेको छ। विराटनगरस्थित सहिद रंगशालामा पहिलो हाफको खेलमा नेपाल र भारत १-१ को बराबरी रहेको छ । भारतको तर्फबाट खेलको २६ औं मिनेटमा डालिमा चिबरले फ्रिकिकमार्फत गोल गरेर टिमलाई अग्रता दिलाएकी थिइन् भने नेपालका लागि ३३ औं मिनेटमा सावित्रा भण्डारीले १ गोल फर्काइन् । खेल शुक्रबार दिउँसो ३ बजेदेखि सुरु भएको हो । अहिले दोस्रो हाफको खेल चलिरहेको छ ।

नेपाली महिला टिमका लागि घरेलु भूमिमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । खेलाडीलाई घरेलु मैदान र दर्शकको साथ छ । कप्तान निरु थापाका अनुसार प्राविधिक रूपमा अहिलेको टिम उत्कृष्ट पनि छ । यो साफका तीनै खेलमा गोल गरेकी सावित्रा भण्डारीलाई दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *