कोरियाली भाषा परीक्षा आवेदन आजबाट खुल्ला


बाँके । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत शुक्रबार (आज)देखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ। शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइटबाट भर्न सकिनेछ। आवेदन फाराम दर्ता गर्दा परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नु पर्ने इपिएस शाखाले जनाएको छ। पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन्।
आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्ने छ। त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने छ। परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ।
आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंक र आइएमई–पे तथा इ सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ। कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ।
आगामी जेठ २५ र २६ गते काठमाडौं र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ। परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *