सभामुख घर्ती अस्पताल भर्ना


बाँके । प्रदेश ५का सभामुख पूर्णबहादुर घर्ती अस्पताल भर्ना हुनु भएको छ । भाइरल ज्वरोको कारण केही दिनदेखि बिरामी भएका उहाँलाई बिहीबार बुटबलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना हुनु भएको हो ।
उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेसु डा कृष्ण प्रसाद खनालले बताउनु भएको छ । डा खनालका अनुसार केहीदिन सभामुख घर्तिले आराम गर्नेछन्। सभामुख आएर अस्पतालमा उपचार गराउनुले सरकारी सेवातर्फ विश्वास जनविश्वास बढदै गएको डा खनालले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *