बस दुर्घटनाका ५ घाईतेलाई रिफर, १५ जना डिस्चार्ज


बाँके । सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनालाई थप उपचारको लागी रिफर गरिएको छ । जिल्लाको काभ्राबाट खलंगा हिडेको ना ५ ख ७७५० नम्बरको बस आज बिहान त्रिबेणी गाउपालीका ६ शंखमुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेमा लक्ष्मिपुर निवासी ७१ बर्षीय बल बहादुर थापा, त्रिवेणी ३ निवासी ४८ बर्षीय धनविर रावत, छत्रेश्वरी ७ निवासी १७ बर्षीय बिशाल घर्ती, त्रिबेणी २ निबासी ३० बर्षिया प्रेमा राम्जा मगर र लुहाम निवासी ७० बर्षीया पार्वती श्रेष्ठ रहेको छन् । घाइते उनीहरु ५ जना लाई थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
यस्तै त्रिबेणी २ निासी ७० बर्षिय बल बहादुर थापा र त्रिबेणी १ निबासी ३५ बर्षिया पुष्पा बुढाथोकीलाई बेड भर्ना गरिएको छ । उनीहरुको कान्तिपुर सामुदायीक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । सामान्य घाईते १५ जनालाई उपचार पनि डिस्चार्ज गरिएको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । गाडी दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *