नेपालगन्जमा होली भव्य रुपमा मनाइदै


बाँके । आज तराईमा होली खेलिइरहेको छ । त्यसक्रममा नेपालगन्ज पनि विहानै देखि अबिरमा रंगिन थालेको छ । समूह बनाएर होली खेल्ने र संस्थागत रुपमा होली खेल्दै गरेका बजार क्षेत्रमा देखिन्छ भने गाउँबस्तीमा आफ्न्त र साथीहरुसँग होली खेलेको हेर्न पाइन्छ । प्रेस चौतारी र प्रेस सेन्टरले पनि संयुक्त रुपमा जिल्ला पार्टी कार्यालय रहेको स्थानमा होली खेलेका थिए । होलीको कार्यक्रम आयोजनासँगै दुबै संगठनमा नेता कार्यकर्ता र नेकपाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि, प्रदेशसभा सदस्य आइपी खरेलले पर्व परम्परा भएकाले त्यसलाई सबैले मनाउनु पर्ने तर पर्वका नाममा विकृति भित्र्याउन नहुने धारणा राखेका थिए ।


नेपालगन्जमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले पनि होलीको अवसरमा शुभकामना आदानप्रदान गर्यो । पर्वको अवसरमा आठौं राष्ट्रिय खेलकुदको सन्देश दिंदै पर्व मनाइएको हो । त्यस्तै, नेपालगन्जको सेतु विक चोकका दुई स्थानमा होली केन्द्रित इभेन्ट भैरहेका छन्
फागु पूर्णिमा तिथिको हिसाबले चतुर्दशी तिथि भए पनि बुधबार फागुपर्व अर्थात् होली मनाइँदैछ। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिका दिन होली मनाउने परम्परा छ। होलीको सुरुवात भने फाल्गुण शुक्ल अष्टमीमै हुन्छ। रुख काटेर बनाइएको लिंगोमा विभिन्न रंगका ध्वजा सजाइन्छ। यसरी सजाइएको लिंगो सबैको अनुकुल हुने ठाउँमा ठड्याइन्छ। अष्टमीदेखि पूर्णिमासम्म आठ दिनसम्म मनाइने पर्व हुनाले फागुलाई ‘होलाष्टक’ भनिन्छ। मुख्य दिन भने पूर्णिमा वा चैत्र कृष्ण प्रतिपदालाई लिइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *