मुख्यमन्त्री पोखरेलले होली पर्वको शुभकामना संन्देश


बाँके । मुख्यमन्त्री शंकर पोखरेलले होली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको कामना सहित शुभकामना व्यक्त संन्देश दिनु भएको छ ।
मुख्यमन्त्री पोखरेलले होली पर्व अथार्त फागु पूर्णिमा नेपालको मौलिक पर्व हो भन्दै । रंगहरुको पर्व होलीले एकआपसमा सद्भाव र भाइचाराको सम्बन्धलाई बलियो बनाउँदै आएको वताउनु भएको छ । नेपाली समाजलाई विविधतायुक्तमा एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन हाम्रा साँस्कृतिक पर्वले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । कुनै समुदाय विशेषका चाडपर्व र संस्कृति अहिले सबैको साझा भएका वताउनु भएको छ ।
शुभकामना संन्देशमा मुख्यमन्त्री पोखरेलले होली पर्व पहाडी र हिमाली समुदायले आज होली पर्व मनाउने प्रचलन छ । पहाडी र हिमाली समुदायले मनाएको भोलीपल्ट तराईमा होली पर्व मनाउने परम्परा रहेको छ । कुनै समुदाय र ठाउँ विशेषमा नभएर होली पर्व साझा पर्वको रुपमा स्थापित छ । होली पर्व मनाउँदा अराजक र उच्छृखंल क्रियाकलाप गर्दै पर्व विशेषको महत्वसँग जोड्ने प्रवृति बढेको छ । सामाजिक एकता र सद्भावलाई बढाउन अराजक र उच्छृखंल क्रियाकलापलाई रोक्दै होली पर्व मनाउन मुख्यमन्त्री पोखरेलले आग्रह गर्नु भएको छ ।
मुख्यमन्त्री पोखरेललले पर्व र संस्कृतिलाई सही ढंगले मनाउँदै समाजमा सद्भाव, मेलमिलाप र विश्वास बढाउन सक्दा संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुँदै जान्छ । लामो संघर्षबाट प्राप्त राजनैतिक व्यवस्थालाई संस्थागत र बलियो बनाउन सक्दा नागरिक आकांक्षा सहजै पूरा गर्न संभव छ । राजनैतिक स्थिरताले मात्रै मुलुकले समृद्धिको फराकिलो यात्रा तय गर्न सक्छ । केन्द्र सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सार्दै समृद्ध नेपाल निमार्णको महाअभियानमा अघि बढेको छ ।
समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित रहेको छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका छौ । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध नेपाल निमार्ण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय, संघ संस्था र आम नागरिकमा मुख्यमन्त्री पोखरेलले रंगहरुको पर्व होली पूर्णिमाको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *