सिलाइकटाई तालिम सम्पन्न

बाँके । विपन्न वर्गका महिलाहरुको लागि सन्चालन गरिएको सिलाइकटाई तालिम तथा हाते मेसिन हस्तान्तरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका १९ को सहयोगमा तथा रुसुफ मल्टिप्रपोज प्रालिको आयोजनामा संन्चालित दुई महिने कार्यक्रममा १६ जनालाई सिलाई कटाईको हाते मेसिन हस्तान्तरण गरिएको हो ।
मेसिन संगै कैचि स्केल लगायतको सामाग्री पनि हस्तान्तरण गरिएको छ । संस्थाका कार्यक्रम संयोजक करुणा बयलकोटीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा वडा अध्यक्ष परसुराम कुर्मी ,वडा सदस्य नन्कुराम धोवी,वडा सचिव अनुपमा द्धिवेदी,संस्थाका अध्यक्ष मुस्ताक अली राई,समाजसेवी धन्जय खड्का लगायतले सामाग्री हस्तातरण गर्नु भएको थियो ।
मंगलवारनै रुसुफले आयोजना गरेको वालवालिकाकाको लागि नेतृत्व विकास क्षमता अभिवृद्धि तालिम तथा खेलकुद समाग्री हस्तान्तरण गरिएको छ । वडा सदस्य वफाती वेहनाको प्रमुख अतिथिमा भएको समापन समाहरोमा तालिममा सहमागि २३ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा रुसुफले वडा कार्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । कार्यक्रममा फुटवल क्यारिमवोड,ब्याडमिन्टन,भलिवल लगायतको खेल सामाग्री हस्तान्तरण गरिएको हो ।
सुनिल रेग्मी, नेपालगन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *