खसी बोक्ने ट्रक दुर्घटनाग्रस्त

बाँके ।  राप्ती सोनारी गाँउपालिका २ गोपारपुरमा खसी बोक्ने ट्रक दुर्घटनाग्रस्त भएको छ । अगैया प्रहरी चौकीका इन्चार्ज प्रेम शर्माका अनुसार सोमबार बेलुका राप्ती सोनारी ९ ढकेरी बाट काठमाण्डौ जाँदै गरेको ना १ क ५७२८ नम्बरको ट्रक दुर्घटनामा परेको हो । राप्ती सोनारी क्षेत्रमा महिला समुहहरुले उत्पादन गरेको खसी संकलन गरेर काठमाण्डौ जाँदै गर्दा सामाजिक उद्यमी जिल्ला सहकारी संघको ट्रक दुर्घटनामा परेको हो । प्रहरुीका अनुसार गाडीमा समस्या उत्पन्न भई अनियन्त्रीत भएको र गाडी नजिकैको प्रतिक्षालयमा ठोक्किएको थियो । दुर्घटनामबाट कुनै मानविय क्षती नभएपनि ट्रक भने क्षतीग्रस्त भएको छ ।

सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेका प्रवन्धक कृष्ण केसीका अनुसार दुघृटनापछि उत्पादन गरिउका खसी संकलन तथा निर्याचमा समस्या देखिएको छ । प्रवन्धक केसीले सामाजिक उद्यमी जिल्ला सहकारी संघबाट सन्चालित १५ वटा सहकारीमा आवद्ध महिला समुहहरुले उत्पादन गरेको खसीलाई बजारीकरण गर्दै आएकोमा सोमबारको दुर्घटनाले केही समय बजारीकरण कार्य प्रभावित हुनसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *