सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानलाई सार्थक

बाँके । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानलाई सार्थक दिनका लागि विदेशी लगानी ल्याउन कानूनीरुपमा बाटो खुल्ला गरिदिएको छ । विदेशी लगानीलाई सरल तरिकाले नेपालमा ल्याउन र कम्पनी खोल्नका लागि कानुनलाई केही सहज बनाएको छ ।

यही चैत १४ र १५ गते हुन लागेको लगानी सम्मेलन लक्षित विदेशी लगानी तथा प्रविधी हस्तान्तरण विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएको छ । राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा सैद्धान्तिक छलफल गरी सर्वसम्मतिले स्वीकृत भएको हो । विधेयक स्वीकृत भएसँगै संशोधन दर्ता गर्न बाटो खुल्ला भएको छ ।

सो विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसद राधेश्याम अधिकारीले ऐन बनाएर मात्र विदेशी लगानी भित्र्याउन सकिने भन्दै त्यसका लागि वातावरण बनाउनुपर्ने बताउनुभयो । विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री युवराज खतिवडाले लगानीको वातावरण बनाई लगानी कर्ताको पुँजी सुरक्षित गर्न विधेयक ल्याएको बताउनुभयो ।

औद्योगिक व्यवसाय ऐन, लगानी बोर्ड ऐन जस्ता ऐनले पनि नेपालमा लगानी सुरक्षित हुने मन्त्री खतिवडाले बताउनुभयो । प्रतिनिधि सभाले पारित गरेर पठाएको सो विधेयक आजै बसेको पहिलो बैठकमा सचिव राजेन्द्र फुयालले टेबल गर्नुभएको थियो । लगानी सम्मेलनको समय आइसकेको र समय कम भएकाले आजै दुइवटा बैठक बसेर सैद्धान्तिक छलफल सकिएको हो ।

आजको पहिलो बैठकले राष्ट्रिय खेलकुद विकास विधेयक र प्रतिनिधि सभाबाट आएको भूउपयोग विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रिय सभाको बैठक आगामी शुक्रबार २ बजेसम्मका लागि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *