वलीको व्यक्तिगत लगानीमा फुटबल मैदान निर्माण


बाँके । राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडा सदस्य ज्ञानु वलीले व्यक्तिगत लगानीमा फुटबल मैदान निर्माण गर्न लाग्नु भएको छ । जनप्रतिनिधी एवम् युवा व्यवसायी ज्ञानु वलीले आफ्नै लगानीमा फुटबल मैदान निर्माण गर्ने लाग्नु भएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका २ टीकुलीपुरमा फुटबल मैदान तयार गरिदै छ । वडा सदस्य ज्ञानु वलीले ब्यक्तिगत लागतमा खेल मैदान तयार गरिरहनु भएको हो । कचनापुर टीकुलीपुरका युवाहरुहरुलाई लक्षित गरि फुटबल मैदान निर्माण गर्न लागिएको वडा सदस्य वलीले बताउनु भयो ।
विगतमा समेत ब्यक्तिगत लगानीमा सामाजिक कार्य गर्दै आएका वलीले आफ्नो मासिक तलव भत्ताबाट प्रतिक्षालय समेत स्थापना गराउनु भएको थियो । केही समय अगाडी आफ्नै वडामा रहेको मन्दिरमा १ लाख लागतमा शिवको मुर्ति स्थापना गराएका वलीले ब्यक्तिगत लगानीमा जिम क्लब समेत संचालनको योजना रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *