नेपालको जनसङ्ख्या २०७८ मा तीन करोड तीन लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण

बाँके । केन्द्रीय तथ्याङ्क विभाग अघिल्तिर हुँदै यात्रा गर्नेहरू कतिपयको दृष्टि झुण्ड्याइएको जनसङ्ख्या प्रक्षेपण बोर्डमा टक्क अडिन्छ । उनीहरूको एउटै चासो रहन्छ, ‘आज नेपालको जनसङ्ख्या कति पुग्यो ?’ त्यो बोर्डले सोमबारको जनसङ्ख्या दुई करोड ९५ लाख छ हजार ३४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा नयाँ जनसङ्ख्या देख्न पाइन्छ ।
प्रक्षेपण बोर्डले नेपालको जनसङ्ख्या दैनिक एक हजार ६४ देखि एक हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ । जबकी गत वर्ष प्रतिदिन एक हजार ७० देखि एक हजार ८४ जनासम्म बढ्ने गरेको देखाउँथ्यो । प्रक्षेपण अनुमानित भएकाले घटबढ हुने सम्भावना रहन्छ । विभागले आगामी २०७८ साल असार ८ गते नेपालको जनसङ्ख्या तीन करोड तीन लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *