विद्यालयको अनुगमन सम्पन्न


बाँके । खजुरा गाउँपालिका शिक्षा शाखाको समन्वयमा परियोजना संचालन भएका २ वटा मनकामना आधारभुत विद्यालय बलभद्रपुर र अम्बेमाता आधारभुत विद्यालयमा शिक्षासँग सरोकारवालाहरुको संयुक्त अनुगमन तथा निरिक्षण सम्पन्न गरिएको छ । खजुरा गाउपालिका वडा नं ४ मा रहेका सामुदायिक विद्यालयमा प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको साझेदारीमा सो कार्य सम्पन्न भएको हो । अनुगमनका क्रमममा खजुरा गाउपालिकाका उपप्रमुख एवम उपाध्यक्ष एकमाया बि.क.ले बिधालयको सम्रग बिकास तथा शैक्षिक पक्षको सुधार गर्न बिद्यालयका सरोकारवाला बि.ब्य.स., शिक्षक, अभिभावक को जिम्मेवारी रहने देखिन्छ ।

बालकालिकाको सहभागीता र शिक्षामा पहँुच पुगोस भन्ने उदेश्यका साथ प्लान इन्टरनेशनलले लैङ्गिक रुपान्तरण तथा समाबेशि शिक्षा परियोजना मार्फत खजुरा गाउँपालिका रहेका ६ वटा विद्यालयमा काम गरिरहेको जानकारी दिनु भयो । विद्यालय स्तरमा बालबालिकाको नियमित भएका सिकाई तथा भर्दा दर, उर्तिण दर र छाड्ने दर समेत कमी आउने बताउनु भयो ।

बिद्यालयको खानेपानीको ब्यबस्था खेलमैदान अबस्था, शौचालयको अबस्था, कक्षाकोठाको अबस्थालाई आधार मानि अनुगमन गरिएको थियो । अनुगमनमा शिक्षा शाखा प्रमुख बिश्वराज ढकाल, श्रोत ब्यक्ति टंकनाथ दाहल, प्लान इन्टरनेशनलका सिकाई संयोजक संजिब जोशि, स्याक नेपाल बाँकेका अध्यक्ष शिबलाल पाण्डे, परियोजना अधिकृत कल्पना अधिकारी समेतको सहभागीता रहेको थियो ।

लक्ष्मी शर्मा, बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *