बाल अधिकार समितिकाे क्षमता विकास तालिम सम्पन्न


बाँके । बाल अधिकार समिति जानकी गाउँपालिकाका पदाधिकारीलाई दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
गाउँपालिकास्तरी तालिममा गाउँपालिका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाले बालमैत्री विकास र बालबालिकाकाे अधिकारका लागि कार्यविधिका अाधारमा काम गर्ने वताउनु भयाे । अध्यक्ष यादवले बालबालिकाकाे अधिकार सुनिश्चितताका लागि अाफ्नाे भरपुर सहयोग हुने वताउनु भयाे ।
गाउँपालिका उपाध्यक्ष एवम् स्थानीय बाल अधिकार समितिका संयाेजक भुमिसरा धितालले गाउँपालिकाले तत्काल बालअधिकार एेन बनाएर काम गर्ने वताउनु भयाे ।
तालिममा वडा अध्यक्षहरू, बालअधिकार समितिका पदाधिकारी र बाल संजालका सदस्यहरूकाे सहभागी रहेको थियो ।
तालिममा पूर्णचन्द्र उपाध्याय र अधिवक्ता चित्र के.सी.ले सहजिकरण गर्नु भएको थियो । स्याक नेपाल, बाँकेको अायाेजना र प्लान नेपालकाे सहयोग रहेकाे छ ।
तालिममा बिशेष महत्त्वका साथ बालअधिकार एेन २०७४का प्रावधानका विषयमा छलफल भएको थियो । एेनमा व्यवस्था भएको कानुनी व्यवस्था, स्थानीय सरकारले गर्नु पर्ने दायित्व र अधिकारका विषयमा तालिम समेत दिईएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *