संचार केन्द्र स्थानान्तर विरुद्ध बाँकेका सञ्चारकर्मी आन्दोलित


बाँके । बाँकेका संचारकर्मीहरु संघीय सरकारको निर्णय संचारकेन्द्र बाँकेबाट बुटवल स्थानान्तर गर्ने निर्णय विरुद्ध आन्दोलित भएका छन् । बाँके जिल्लामा क्रियाशिल पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नेतृत्वमा संचार केन्द्र स्थानान्तरका विषयमा आन्दोलित भएका हुन । आस्था संगठन र महासंघले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको निर्णय सच्याउन अनुरोध गरेका हुन ।

विज्ञप्तिमा भनिएको छ खास गरी संघीय गणतन्त्रको स्थापनादेखि गाउँमै सिंहदरबारको अनुभूत गराउने राज्य सत्ताका संरचनाहरुमा विकेन्द्रीकरणको आधारभूत मान्यतालाई नेपाली मिडियाले आम जनतामाझ खुबै सञ्चार ग¥यो । यसले गणतन्त्रलाई संस्थागत गर्न आमजनताले लिने अपनत्वको भावनालाई ह्वात्तै वृद्धि गरिएको कुरा पनि स्मरणीय छ । प्रदीप वाग्ले, का.वा. अध्यक्ष नेपाल पत्रकार महासंघ, बाँके
हेमन्त विक, अध्यक्ष प्रेस चौतारी नेपाल, बाँके, डक्ट धिताल, अध्यक्ष प्रेस सेन्टर नेपाल, बाँके, कृपाराम बाडिया, उपाध्यक्ष प्रेस युनियन नेपाल, बाँके,बिनोद पौडेल, अध्यक्ष प्रगतिशील पत्रकार संघ, बाँके, आशिष गुप्ता, केन्द्रीय का.वा. अध्यक्ष प्रेस मञ्च नेपालले संयुक्त रुपमा हस्ताक्षर मार्फत विरोध जनाएका छन् ।

प्रादेशिक संरचनामा मुलुक गइसकेपछि बाँके, बर्दियालाई यतिबेला परेको मर्का सायदै राज्य सत्ताले बोध गरेको छ । यतिबेला त्यसको चपेटामा यहाँका सञ्चारकर्मीहरु परेका छन् । साविकको मध्यपश्चिमका १५ जिल्लालाई सेवा प्रवाह गर्दै आइरहेको सञ्चार केन्द्रबाट प्रवाहित भइरहेको सेवालाई एक्कासि बुटवल केन्द्रित गरिएको कुराले नेपाली पत्रकारहरुको छाता संगठन, नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्तब्ध बनाएको छ । यसले राज्य सत्ताको विकेन्द्रीकरण होइन कि केन्द्रिकृत मानसिकताको पुरातन सोच विद्यमान छ भन्ने कुराको पुष्ट्याइँ गर्छ । किनभने प्रदेशको स्थायी केन्द्र नतोकिँदै जिल्लामा सेवा प्रवाह गरिरहेका निकायको केन्द्रीकरण गर्नुको उद्देश्य के हो ? आपत्तिजनक छ ।

तत्कालै सञ्चार केन्द्र नेपालगन्ज सार्ने गरी भइरहेको हर्कत रोकेर लामो समयदेखि यहाँका सञ्चारमाध्यमहरुले पाउँदै आएको लोक कल्याणकारी विज्ञापनको रोकिएको भुक्तानी सुचारु गर्न ध्यानाकर्षण होस् । अन्यथा पत्रकारहरुको छाता संगठन, नेपाल पत्रकार महासंघ बाँकेले सम्पूर्ण सञ्चारकर्मीहरुको नेतृत्व गर्दै आन्दोलन घोषणा गर्न बाध्य हुने व्यहोरा सम्बन्धित सबैलाई सचेत
गराउँदछौं ।
आन्दोलनका लागि तम्तयार असन्तुष्टिहरुलाई बेलैमा बोध गरेर सञ्चार केन्द्र नेपालगन्जलाई पुरानै अवस्थामा सेवा प्रवाह गर्ने व्यवस्थाको सुनिश्चितता गरियोस् । साथै भोलि हुने प्रादेशिक केन्द्रमा पनि कार्यालय सार्नुभन्दा सेवा प्रवाहलाई विकेन्द्रित गर्न जिल्ला जिल्लामा सेवा केन्द्रहरु स्थापना गर्ने तर्फ सरकारी ध्यान पुगोस् । यसै विषयलाई लिएर नेपाल पत्रकार महासंघ बाँकेको अगुवाइमा मिति २०७५ चैत ३ गते सर्वपक्षीय छलफल गरी आवश्यकताअनुसार आन्दोलनका कार्यक्रम तय गर्न महासंघ बाँकेको बैठक तत्काल बोलाउन आग्रह गरिएको छ ।

बैठकमा सञ्चार केन्द्रको अवस्थाबारे अध्ययन गरी विवरण पेस गर्न उपाध्यक्ष प्रदीप वाग्ले, सचिव तिलक गाउँले र सहसचिव सकिल अहमद कादरीको एउटा संयन्त्र पनि गठन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *