नेकपा अध्यक्ष दाहाल आज अमेरिका जाँदै

बाँके ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गर्ने हुनुभएको छ । पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड आज अमेरिका जान लाग्नुभएको हो ।

प्रचण्ड दम्पत्तिसँगै छोरी ज्वाईं गंगा र जीवन आचार्य अमेरिका जान लाग्नुभएको उहाँको नीजि सचिवालयले जनाएको छ । दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित हुनुहुन्छ ।

बिगत एक बर्षदेखि सीताको स्वस्थ्यमा पटक पटक समस्या आएको छ । गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगी उपचार गराउनु भएको थियो । रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लग्नुभएको थियो । तर स्वाथ्यमा सुधार नभएपछि उपचारकालागि अमेरिकालैजान लाग्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *