बाँकेमा वडा अध्यक्ष संगठित


बाँके । वडापालिकाका अध्यक्षहरुको हक हित र अधिकारका लागि बाँके जिल्लाका वडा अध्यक्षहरु संगठित भएका छन ।
मोहनराम मिश्रा (गोकर्ण)को संयोजत्वमा ९ सदस्यीय कार्य समिति चयन भएको छ । कार्य समितिमा सुनिल सिंह हमाल, सुरेश अहिर, जुम्मन खाँ, अतिउल्ला खाँ, दिनेश शर्मा, महावीर ओली, रेशमबहादु्र खत्री मानबहादुर खत्री रहको कार्य समिति चयन भएको छ ।


बाँके जिल्लामा निर्वाचित वडा अध्यक्षहरुको हक अधिकारका साथै वडाका विकासका लागि उनीहरु संगठित भएका हुन ।नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्षहरुमाथि कुटपिट हुँदासमेत कसैले वास्ता नगरेपछि आगामी दिनमा त्यस्तो घटना नदोहोरियोस भन्ने उद्देश्यले बाँकेका वडाध्यक्षहरु संगठित हुन लागेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका वडाध्यक्ष मोहनराम मिश्रले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *