मधेसिएका भुसालहरुले सम्झिए जन्मथलो

बाँके । जन्म, मृत्यु र भाग्य भगवानले लेखिदिन्छ्न् बाँकी धर्म, कर्म र इज्जत हामी आफैले कमाउनु पर्छ । असल धर्मले संस्कार जोगाउछ, असल संस्कारले नै असल समाजको निर्माणमा सहयोग पु¥याउदछ । हामीले सुन्दै आएका छौ कि रगतको नाता भन्दा भावनाको नाता ठूलो हुन्छ भनेर तर यसपटक रगतको नाता भावनाको भन्दा नि उच्च रहन्छ भन्ने कुरालाई पर्वतका भुसालहरुले प्रमाणित गरेका छन् ।
फलेवास नगरपालिका ४, मुडिकुवाको श्रीसुवामा जन्मेर कोही बाध्यताले त कोही रहरले बसाइँ सरेर मधेसिएका भुसाल (वशिष्ठ गोत्र) बन्धुहरुले यतिबेला आफ्नो जन्मथलोलाई सम्झिएर जम्मा भएका छन् । सोह्र श्राद्धमा घरमा भन्दा नदीको तटमा गएर गरिने पितृ कार्यले दश गुणा बढी फल पाइने शास्त्रमा उल्लेख भएपनि श्रीसुवाका भुसाल बन्धुहरुले आफ्ना समग्र पितृहरुको नाउँमा सात दिने पितृ पुराण (महायज्ञ) लगाएर समग्र पितृहरुको उद्वारमा जुटेका छन् ।


बाँके, बर्दिया, कैलाली, बिरगंज, नवलपरासी, चितवन आदि ठाउँमा बसोबास गरेका भुसाल बन्धुहरु जम्मा भएर यसरी महायज्ञ लगाउदा आफ्ना पूर्खाहरुको स्मरण गर्ने मात्र होइन बन्धुत्वको भावना पनि जागृत गराएको त छँदैछ यसले आफ्नो धर्म, संस्कारमा गति दिँदै एउटा नयाँ ईतिहास रच्ने काम पनि गरेको साहित्यकारर प्राध्यापक तथा बर्दिया बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री टुकनाथ भुसालले बताउनु भयो ।
फाल्गुन २३ गतेदेखि २९ गतेसम्म चल्ने महायज्ञमा पण्डित अच्युतराज खनाल ज्यूको संगीतमय वातावरणमा पुराण वाचन, झाँकी प्रदर्शन, कलाकारद्वारा भजन किर्तन लगायत कार्यक्रम भैरहेको महायज्ञ संयोजक समाजसेवी छविलाल भुसालले बताउनु भयो । विभिन्न कारणले बसाई सराई पछि यसरी भुषाल परिवार जम्मा भएर आफ्नो धर्म संस्कार सझिएको पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *