गाउँपालिकाको प्रमुख प्राथमिकता शिक्षाः अध्यक्ष चौधरी


बाँके । डुडुवा गाउँपालिकाको प्रमुख प्राथमिकता शिक्षाको स्तरबृद्धिलाई बनाएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनु भएको छ । बाँके जिल्ला प्रदेश नं. ५ को पूर्ण साक्षरता घोषणा हुन नसकेको जिल्लामा पर्दछ । यस प्रदेशमा कपिल्वस्तु र बाँके जिल्ला साक्षरता घोषणा हुन नसकेको जिल्ला भएकोले प्रदेश सरकारले पनि यसलाई प्राथमिकतामा पारेकोले यो अभियान संचालन गरेको अध्यक्ष चौधरी वताउनु हुन्छ ।
अध्यक्ष चौधरीका अनुसार गाउँपालिकामा विभिन्न प्रकारका विभेद र आर्थिक असमान्ता रहेकोले यसले पनि शिक्षा आर्जनमा प्रभाव पारेको वताउनु भएको छ । यति मात्रै हैन परम्परागत सोचका कारण पनि शिक्षा आर्जनको बाधक रहेको छ । जमिनले उत्पादन दिएको छ । उत्पादनबाट जीवन जिउन पुग्छ शिक्षा आर्जन किन गर्नु पर्ने भन्ने हुनेखानेको तर्क रहेको छ भने गरिब, विपन्न परिवारका बालबालिका दैनिक जिवनयापनका लागि काम गर्नु पर्ने बाध्यताका लागि पनि शिक्षा आर्जनमा पनि बाधक भएको वताउनु हुन्छ ।
जन प्रतिनिधिको अन्तिम कार्यकाल पाँच वर्षको अवधिमा जसरी पनि शिक्षामा परिवर्तन गरेर देखाउन उहाँको दावी रहेको छ । मजदुरले पनि शिक्षा आर्जनका लागि पहल गरेका छन ति हाम्रा लागि उदाहरणीय कार्य हो । गाउँपालिकाले शिक्षाको अवस्था अध्ययनका लागि सर्बे गरिरहेको छ । सर्बेको परिणामका आधारमा के नीति, कस्तो अवस्थामा अवलम्बन गर्ने भन्ने हामी निष्कर्षका आधारमा कार्ययोजना बनाएर शिक्षामा सुधार गर्न सकिने बनाउनु हुन्छ ।
गाउँपालिका भित्रको शिक्षाको स्तरबृद्धिका साथै कुनै पनि बालबालिका विद्यालय बाहिर नहुन भनेरै यसलाई गाउँपालिकाको प्रमुख प्राथमिकता राखेको अध्यक्ष चौधरीको भनाई रहेको छ । गाउँपालिकाको शैक्षिक अवस्था अध्ययन गरी त्यसको निष्कर्षका आधारमा सर्वपक्षिय सहयोग र सुझावका आधारमा सबैका लागि शिक्षा र शिक्षा अनिकार्य भन्ने संबैधानिक व्यवस्था कार्यान्वयन गर्ने अध्यक्ष चौधरीको योजना रहेको वताउनु भएको छ ।
जबसम्म शिक्षामा बृद्धि गर्न सकिदैन तबसम्म विकासका नाम जे जति काम गरेका पनि त्यसको प्रभावकारी नदेखिने अध्यक्ष चौधरीको भनाईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *