बाँके । मुख्यमन्त्री शंकर पोखरेलले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको कुनै औचित्य नरहेको बताएउनु भएको छ ।
बिहिबार दाङको तुलसीपुरमा विश्व मृगौला दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा जनताको आकांक्षाको आधारमा हुने परिवर्तनका सम्पूर्ण क्लाइमेक्सका कुराहरू उपयोग गरिसकेको हुँदा बन्दको कुनै पनि औचित्य नरहेको दाबी गर्नुभयाे ।
‘राजाले दिएको संविधान मान्दैनौं भन्यौं। पार्टीहरूले निर्माण गर्ने संविधानको प्रक्रियामा प्रवेश गर्यौं । पार्टीले दिएको संविधान पनि स्वीकार्य छैन भन्यौं र आज जनताले चुनेर बनाएको संविधान सभाबाट संविधान बनाइसक्यौं भने अब राजनीतिक रूपमा बहस विवाद गर्नुपर्ने विषय के छ?’ मुख्य मन्त्रीले प्रश्न गर्नुभएकाे थियोे ।
उनले जनताको विश्वास जित्ने हो भने मुलुकको एकता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता बाहेकका सबै चिज संविधानले बदल्न सक्ने अधिकार संविधानले दिएको हुँदा अब केका लागि बन्द हड्ताल गर्ने भन्ने प्रश्न गरे। जनताको विश्वास जित्ने गतिविधि गर्न विप्लव नेतृत्वको नेकपालाई मुख्य मन्त्रीको आग्रह गर्नु भयाे ।
‘समाजमा अस्थितरता र आतंक सृजना गर्ने हिसाबले गतिविधि किन गर्ने ? त्यो जरूरी छ?, अवश्य जरुरी छैन ’ मुख्यमन्त्रीले भन्नुु भयाे राज्यकाविरूद्ध कसैले गतिविधि गर्दा त्यसलाई राज्यको टाउको दुखाइको विषय मात्रै ठान्ने प्रवृत्ति गलत भएको बताउनु भयाे ।
बन्दले गर्दा सर्वसाधारण नागरिकले स्वतन्त्र र भयरहित जीवन बाँच्न पाउने नागरिकको नैसर्गिक अधिकार गुमाएको भन्दै बन्दको विरोध गरे। क्रान्तिकारी बलिदानको नाममा समाज पछाडि परेको हुँदा बन्दको विरोधमा उत्रन उनले आग्रह गर्नु भयाे ।
बन्दका कारण नागरिकले सामाजिक सुरक्षाको अधिकार गुमाउँदै आएको,स्वच्छ जीवन पाउने अधिकार गुमाएको, बिरामी हुँदा अस्पताल जान पाउने अधिकार गुमाएको हुँदा बन्दको औचित्य नरहेको मुख्यमन्त्रीले बताानु भयाे ।