प्रादेशिक महोत्सव आज समापन हुँदै


बाँके । प्रादेशिक महोत्सव २०७५ आज बुधवार समापन हुँदै छ । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर कारकाँदोमा फाल्गणु १९ गतेदेखि आज सम्म संचालन गरिने आयोजकले वताएको छ । बिशेष साँस्कृतिक कार्यक्रम सहित महोत्सव समापन गर्न लागिएको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनु भयो ।

महोत्सव साँस्कृतिक कार्यक्रम आयोजना गरेपछि समापन समारोह हुने बैश्यले बताए । आयोजकले बुधवार समापन समारोहको बिशेष साँस्कृतिक समारोहमा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ । बहुउदेश्य सभागृह निर्माण र व्यवसायीक हितका लागि महोत्सवको आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *