नेपालको कम्युष्टि आन्दोलनको संक्षिप्त इतिहास पुस्तकलाई हामी क्रमस प्रकाशन गर्ने छौं । यो पुस्तकका लेखक क.पुष्पलाल हुनु हुन्छ ।
जनतालाई गुमराह गरी आफ्नो शोषणको अवधि लम्व्याउनका निम्ति सामन्ती तथा पूँजीवादी तत्वहरुले कम्युनिष्ट पार्टीलाई वदनाम गर्नका निम्ति यो प्रचार गर्दछन् कि कम्युनिष्ट पार्टीले देशको राष्ट्रिय स्वार्थको प्रतिनिधित्व गर्दैन । यो विदेश कम्युनिष्ट राष्ट्रको गुमस्ता हो । यसै भएको हुनाले उनिहरु कम्युनिष्ट पार्टीलाई अराष्ट्रिय तथा ध्वँशात्मक तत्व भनी वदनाम गर्दछन् । यो कुरा आज धेरैजसो स्पष्ट भैसकेको छ कि कम्युनिष्ट पार्टी न त विदेशी कम्युनिष्ट तत्व हो तर कम्युनिष्ट पार्टी ध्वँसात्मक तत्व अवश्य नै हो यसमा कुनै शका छैन । कारण एक बस्तुको ध्वँश नगरी अर्को वस्तुको निर्माण नै हुन सक्तैन । नेपाल कम्युनिष्ट पार्टी सामन्ती ,अर्धसामन्ती तथा अर्धऔपनिवेशिक नेपाली समाजवादी तथा साम्यवादी समाजको निर्माण गर्न चाहन्छ ।
नेपाल कम्युनिष्ट पार्टीको जन्म एकाएक भएको होइन, त्यसको एक लामो प्रकिया छ । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा दृष्टि दिँदा यो लामो प्रक्रियालाई ध्यानमा राख्नु पर्दछ । सबभन्दा पहिले हामीले सोच्नु पर्दछ कि हाम्रो समाज तथा शासकका बिषयमा अन्तर्राष्ट्रिय माक्र्स तथा एंगेल्सले के भनेका छन् र कम्युनिष्ट विचारधाराले कसरी हाम्रो समाजमा प्रवेश ग¥यो । यस कुराको बोध भएपछि हामीलाई यो कुरा घामजस्तै छर्लङ्ग हुने छ कि नेपाली जनवादी समाज आन्दोलनको गर्भमा नै नेपाल कम्युनिष्ट पार्टीको विजाङ्कुर भएको थियो र पछि क्रमशःविकास हुँदै गई उपयुक्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिमा नेपाल कम्युनिष्ट पार्टीको जन्म भयो ।
नेपालका सम्बन्धमा माक्र्स तथा एंगेल्सको छुटै पुस्तक तथा लेख लेखको अहिलेसम्म मलाई थाहा छैन, तर सैद्धान्तिक पुस्तक तथा भारतका सम्बन्धमा नेपालको उल्लेख उनीहरुले गरेका छन् । त्यसै उल्लेखले पनि हाम्रो दृष्टिकोणमा धेरै स्पष्ट गर्दछ । एंगेल्सले आफ्नो पुस्तक “परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति” नामक आफ्नो पुस्तकमा मगर जातिमा आदिम साम्यवादी समाज थियो भन्ने उल्लेख गरेका छन् । पछि गई यो आदिम साम्यवादी समाज विश्वका सबै जातिमा थियो भन्ने कुरमा हाम्रो दृष्टि स्वतः नै जानेभयो । यसले गर्दा नेपालको सामाजिक विकासक्रमको अध्ययन गर्न हामिलाई मद्दत मिल्दछ ।
कारीहरु पनि अछुत रहेनन् । “प्रचण्ड गोर्खा” का कर्णधारहरुका विरुद्ध “ट्रायल” का दौरानमा तत्कालिन राणा प्रधानमन्त्री भीम शमसेर र “ प्रचण्ड गार्खा” का नेता (खड्गमान सिहं) का बीच घटेको कुराले यो स्पष्ट गर्दछ ि आज हाम्रो संकीर्णतावादी तथा औसतवादी कम्युनिष्ट भनाउँदा केही व्यक्तिहरुले राजालाई राष्ट्रिय रक्षको रुपमा सावित गर्न यहाँसम्म भन्न पुगेका छन् कि “ अरु त अरु जङ्गबहादुरका बिषयमा स्वयं माक्र्सले के भनेका थिए भन्ने कुरा सोच – विचार गर्नु अति आवश्यक छ । कार्ल माक्र्सले आफ्नो ू ल्यतभक यल क्ष्लमष्बुु नामक पुस्तकमा जङ्गबहादुलाई अंग्रेजि सम्राज्यवादको पाल्तु कुकुर भनेका छन् हुन त यो उल्लेख मात्र हो तथापि यसले धार समान्तबाद र साम्राज्यवाद विरोध ।
कार्ल माक्र्स र एंगेल्स विश्वप्रसिद्ध “कम्युनिष्ट घोषणा – पत्र लेख्न व्यस्त भैराखेको बेलमा अर्थात् सन् १८४६ तिर जङ्गबहादुर अंग्रेजी साम्राज्यवादको इसारामा नेपालमा कोतपर्व गरी राज्यशतिm आफ्नो हातमा पार्न षड्यन्त्र व्यस्त थिए । आफ्नो हातमा नेपालको राज्यशक्ति पारेको चार बर्षपछि सन् १८५० मा जङ्गबहादुर बेलायत र फ्रान्स गए । त्यो मजदुरबर्गको विद्रोहको युग थियो । वेलायत तथा फ्रान्स लगायत अन्य युरोपीय राष्ट्रहरुमा मजदुरवर्ग आफ्नो अधिकारका निम्ति संघर्ष गरिराखेका थिए । यस्तो राजनीतिक उथलपुथलको अवस्थामा जुन व्यक्ति त्यहाँ पुग्दछ त्यसले यो कुरा थाहा पाउँदैन भन्ने होइन अतः जङ्गबहादुर नै ती पहिला नेपाली व्यक्ति हुन् जसले माक्र्स एंगेलसको विषयका साथै कम्युनिष्ट घोषणा –पत्रको प्रकाशनको कुरा थाहा पाए । बेलायत र फ्रान्समा राजकीय भ्रमण गर्ने व्यक्तिले यो कुरा थाहा नपाउने भन्ने नै आउँदैन । यसले गर्दा साम्राज्यवादी शक्तिसँग आफ्नो बलियो गठबन्धन गर्ने अठोट जङ्गबहादुरले गरे । उनले अंग्रेजी साम्राज्यवादको पक्का दलाली गर्ने कुरा कवुलनामा गरेको हुनाले वेलायतबाट फर्केको पाँच बर्षपछि सन् १८५६ मा राजा राजेन्द्रबिक्रमबाट सनद घोषणा गर्न लगाई नेपलाको राज्यशक्ति आफ्नो र आफ्नो वंशको हातमा लिए । त्यसको अर्को बर्ष अंग्रेजी साम्राज्यवादका विरुद्ध भएको भारतीय जनताको प्रथम स्वतन्त्रता संग्राम दवाउनका निम्ति स्वयं जङ्गबहादुर नेपाली फौज लिई अंग्रेजी साम्राज्यवादका सेवामा दाखिल भए , त्यसको इनामस्वरुप अंग्रेजी साम्राज्यवादीले सुगौली सन्धिभन्दा पहिलेको पश्चिम नेपाल तराईको एक ठुलो भू– भाग –नयाँ मुलुक जङ्गबहादुर र उनको वंशलाई विर्तास्वरुप दिए । जङ्गबहादुरले “ कम्युनिष्ट घोषणा – पत्र” को प्रकाशनको कुरा थाहा पाएपछि उनले र उनका उत्तराधिकारीहरुले यो कुरा प्रष्ट नै बुझे कि अंग्रेजीराज्यको टिकाउका निम्ति राणा शासकहरुले आफ्ना नेपाली जनतालाई अंग्रेजी फौजमा भर्नाहुने अनुमति दिएर अंग्रेजी साम्राज्यवादले भारतमा गोरखा पल्टन खडा गरे ।
प्रथम विश्वयुद्धमा अंग्रेजी सामाज्यवादले खडा गरेको गोरखा पल्टनका अतिरिक्त नेपाल राज्यको फौज पनि अंगे्रजी साम्राज्यवादका पक्षमा भारतको पूर्व तथा उत्तर सिमानामा नै तैनाथ थिए । त्यसका अतिरिक्त अंग्रेजी साम्राज्यवादको महत्वपूर्ण युद्धमोर्चामा गोर्खा पल्टनमा नेपाली सिपाहीहरु नै तैनाथ थिए । यसै विश्वयुद्धका दौरानमा लेनिन तथा स्टालिनको संरक्षरणमा हुर्केको बोल्सेभिक पार्टी ((रुसि कम्युनिष्ट पार्टी) को नेतृत्वमा अंग्रेजी साम्राज्यवादले युद्ध –मित्रशक्ति जारशाहीको अन्त भयो र विश्वको छ खण्डको एक खण्ड भू–भाग रुसमा “कम्युनिष्ट घोषण –पत्र” ले सानदार रुप लिएको थियो ।
सामन्ती राणा सर्दारको करकापमा परी “ घर लौरो” को रुपमा प्रत्येक नेपाली ग्रामीण समाजको घरपिच्छे एक – एकवटा अंग्रेजी फौजमा भर्ना हुन मजवुर भएका नेपालका गरीब तथ ा सुकुम्वासी किसानका छोराहरु जो अंग्रेजी फौजमा जंगी पोशाकमा थिए, उनिहरुले रुसमा सुकुम्वासी सर्वहाराको राज्य कायम भएको समाचार सुनेर युद्धपछि घर फर्कदा यो अजेयशक्ति होइन र सर्वहारा सुकुम्वासीका दिन अवश्य पनि आँउदछन् भन्ने नेपालको जनमानसमा प¥यो । यसको एकातिर राणा शासकबर्गको मुटु ,कलेज कपायो भने अर्कोतिर नेपाली क्रान्तिकारीहरुलाई राणाशाहीका विरुद्ध निर्भिक भएर संघर्ष गर्न उत्साहित ग¥यो । यसको प्रत्यक्ष प्रमाण भीम शमसेरका पालामा देखिन आएको कुरा तलका उद्धरणले प्रष्ट गर्दछ ।
“महान् सर्वहारा क्रान्तिले सम्पूर्ण औपनिवेशिक तथा अर्धऔपनिवेशिक देशका क्रान्तिकारीहरुलाई उत्साहित गरेको थियो । यसबाट हाम्रो देशका क्रान्ति क हाम्रा देशका क्रान्तिकारीहरुले समाजवादी क्रान्तिबाट पे्ररणा पाएका थिए । “ट्रायल” का दौरानमा भीम शम्सेरले आफ्नो भाइ – भारदारहरुलाई सम्बोधन गदै भने–“ यस्ता राजद्रोहीहरुलाई रुसका जारले हात्तीले कुल्चाई मार्दथे ,अब हामीले के गर्ने हो ? ” भारदारहरुले उत्तरभन्दा पहिले क्रान्तिकारी नेताले उत्तर दिए –“ जारशाहीको तखता उल्टिसकेको छ । रिसले क्रुद्ध भएर भीम शमसेरले राजदण्डले उक्त नेताको पाखुरामा हाल्दा उक्त दण्ड तीन टुका भई भाँचिएपछि नेताले उत्तर दिए –“सरकार राजदण्ड टुट्यो” र त्यसको बीस बर्षभित्र भारतबाट अंगे्रजी साम्राज्यवादको राज्य समाप्त हुनाका साथै राणाशाहीको राज्य समाप्त भयो । त्यसपछि उक्त नेताको जेलको ढोका खुल्यो ।” (नेपाली जनआन्दोलनको समीक्षाबाट)
साभारः देबु पोखरेल