सचेतक शान्ता चौधरी सार्वजनिक कार्यक्रममै बेहोस

बाँके ।  नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी एक सार्वजनिक कार्यक्रममै बेहोस बन्नु भएपछि अस्पतालमा भर्ना गरिएको छ । मंगलबार बिहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समय पछि उहा बेहोस बन्नु भएको हो ।

महान्यायाधिवक्ता अग्नी खरेल प्रमुख अतिथी रहेको कार्यक्रममा बेहोस हुनु भएपछि उहालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । अहिले उहा होसमा आउनु भएको र बोल्न थाल्नु भएको छ । ‘अझैं रिपोर्ट आएको छैन, तर अहिले उहाँ बोल्न थाल्नुभएको छ,’ चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिनुभयो ।

सरकारी वकिलकै कार्यालयमा बेहोस भए लगतै चौधरीलाई तत्कालै राप्ती प्रादेशिक अस्पतलमा पुर्‍याइएको थियो। चौधरीलाई इमरजेन्सी वार्डको ७ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पताल प्रसाशनले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *