एकायनको प्रथम साधारणसभामा सम्पन्न

बाँके। नेपाल एकायन कराते बाँकेको अध्यक्षमा गिरीराज भुषाल निर्विरोध निर्वा्चित भएका छन् । सोमबार नेपालगन्जमा सम्पन्न एकायनको प्रथम अधिवेशनबाट अध्यक्षमा भुषाल चयन भएका हुन् ।त्यसैगरी प्रथम उपाध्यक्षमा कृष्ण ओली, द्वितीय उपाध्यक्षमा विजय लम्साल, सचिवमा चन्द्र बोहोरा र कोषाध्यक्षमा आन्नद गिरी चयन भएका छन्।
नवनिर्वा्चित अध्यक्ष भुषालका अनुसार सदस्यहरुमा विनोद सिह सिजापती, प्रमिला बोहरा, मधु भुषाल, नुतन भारती, श्यामा यादव, सन्तराम चौधरी, रस्मिता पौडेल र हुसेन हलवाई रहेका छन् ।
एकायनको प्रथम साधारणसभामा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष आंतक बस्नेत, एकायनका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोल लगायतले आफ्नो भनाई राखेका थिए । प्रथम बार्षिक साधारणसभामा खेलाडि, प्रशिक्षक लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *