नरैनापुरलाई खरको छानारहित बनाउने अभियान सुरु


बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा सञ्चालित विपन्न घर मर्मत कार्यक्रम अन्तर्गत् आज(सोमबार) ६५ घर परिवारलाई जस्तापाता वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले वडा नम्बर ३ का कोदीपुर्वा, कोटिया र बहाउपुर्वाका ५६ दलित र अन्य ९ परिवारलाई प्रति परिवार १६ वटाका दरले जस्तापाता वितरण गर्नुभएको हो ।
गाउँपालिकामा फुसरहित(खर) छाना बनाउने अभियान अन्तर्गत विपन्न घर मर्मत कार्यक्रम शुरु गरिएको हो । अभियान अन्तर्गत् यो आर्थिक बर्षमा गाउँपालिकाका १ सय २५ विपन्न घर परिवारलाई जस्तापाता वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । पहिलो चरणमा वडा नम्बर ५ नयाँ बस्तीका ६० विपन्न घर परिवारलाई जस्तापाता वितरण गरिएको थियो । गाउँपालिकाको ३० प्रतिशत र ह्याबीट्याट फर ह्युम्यानिटी नेपाल तथा महिला उपकार मञ्च कोहलपुर बाँकेको ७० प्रतिशत लागतमा विपन्न घर मर्मत कार्यक्रम गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *