नेपालगन्ज महोत्सवमा भोली मनोज गजुरेल आउने


बाँके । नेपालगन्जमा संचालित प्रादेशिक महोत्सवमा सोमबार महोत्सवमा मनोज गजुरेल, रुपक डोटेल र खुमन अधिकारी जस्ता चर्चित कलाकार आउने सांस्कृतिक उपसमितिका संयोजक तपेन्द्र शाह वताउनु भयो ।

आईतबार नेपाली लोकगीतमा बिद्यावारिधी (पिएचडी) गरेकी अमेरिकन नागरिक अना स्टेर र चर्चित लोकगायक चन्द्र शर्माबीच नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा भइरहेको प्रादेशिक महोत्सवमा आईतबार दोहोरी घम्साघम्सी भएको छ ।

अमेरिकन नागरिकले राम्रोसंग दोहोरी गायक देख्दा दर्शक दङ्ग परे । देशकै चर्चित लोकदोहोरी गायक चन्द्र शर्मासंग अनाले लामै समय दोहोरी खोलिन । एक अर्कालाई ब्याङ्गग्य गर्दै दुबै जनाले दोहोरी गाए । दर्शकले नाचेर साथ दिए । दर्शकलाई गायिका अनिता चलाउनेले पनि चनाईन । पुख्र्यौली घर अछाम भएकी चलाउनेले देउडा गाईन ।

युवा पुस्ता माझ चर्चित कालीप्रशाद बासकोटाले सबैको मन जिते । करिश्मा ढकालको नृत्य बिशेष रह्यो । महोत्सव का अनुसार सोमबार महोत्सवमा मनोज गजुरले लगायतका चर्चित कलाकार सहभागि हुँदे छन् । महोत्सवमा सोमबार रुपक डोटेल र खुमन अधिकारी जस्ता चर्चित कलाकार आउँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *