पदले हैन व्यवहारले समाज परिवर्तन गर्न सकिन्छः उपाध्यक्ष धिताल


बाँके । ठूलो पदमा पुगेपछि आफ्ना दैनिक काम गर्नु हुन्न भन्ने मान्यतामा महिला पनि सचेत हुनु पर्ने जानकी गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले बताउनु भएको छ । धेरै मानिस पदमा आफु पुगेपछि समाज परिवर्तन गर्ने वताउछन उहाँ भन्नु हुन्छ, पदले हैन व्यवहारले समाज परिवर्तन गर्न सकिन्छ । महिला भएकै कारण हुने विभेद र लैङ्गिकताका आधारमा गरिने विभेदको तहगत रुपमा भिन्नता हो । आफु गाउँपालिकाको उपाध्यक्ष भएपनि जीवनकर्म मेरा लागि हो भनी म व्यवस्थापन गर्ने गर्दछु भन्नु हुन्छ उपाध्यक्ष धिताल । उपाध्यक्ष धितालले सो कुरा रेडियो हातेमालोसँगको कुराकानीमा बताउनु भएको हो ।
समाजमा विभिन्न खालका विभेद छन् केही गरिबी, अशिक्षा, जानकीको अभाव, लैङ्गिकता, भुगोलका र पहुँच जस्ता आधारमा विभन्नताका कारण पनि विभेद हुने गरेका छन् । पहिलो पटक निर्वाचित जनप्रतिनिधि भएकोले हुन सक्छ मानिसका आकांक्षा धेरै समय, स्रोत र नीतिविधिको प्रकृयाले गर्दा आफुले चाहे जस्तो काम गर्न नसकेको धितालको भनाई छ ।
गाउँपालिकामा उपाध्यक्षको अध्यक्षमा गठित न्यायिक समितिमा विभिन्न प्रकारका उजुरी आउने गरेका छन् केही उजुरी केवल रिसइवीका हुन्छन भने केही साँच्चिकै पीडित पनि हुन्छन । हामी उजुरीको प्रकृतिका आधारमा र गाउँसमाजमा सुझबुझका आधारमा मेलमिलापको बाटो अवलक्बन गरी समस्याको समाधान गर्ने बताउनु हुन्छ ।
गाउँपालिका समेतमा झगडा मिलाउने र विचौलिया बन्ने देखि आफु सचेत रहेको वताउनु हुन्छ । सामान्य गाउँका आधिसाँधीका झगडामा पनि विचौलियाले एकपटक जनतालाई दुख दिन थाले थाहा पाएपछि उसलाई भुमिका विहिन बनाए देखि त्यस प्रकारको झन्झट ब्योहार्नु नपरेको उपाध्यक्ष धिताल बताउनु हुन्छ ।
आफ्नो कार्यकालमा महिलालाई शसक्त बनाउन चाहेको भए पनि अझै गाउँका महिला नेतृत्वमा आउन नचहादा उहाँलाई धेरै दुख भएको बताउनु हुन्छ । महिलालाई कम्तिमा पनि उपभोक्ता समितिमा बस्न आग्रह गर्दा समेत दिदीबहिनीहरु अगाडी बढ्नु हुन्न यो ठूलो चुनौति रहेको उपाध्यक्ष धितालको भनाई छ । उपाध्यक्ष धिताल भन्नु हुन्छ,मानिसमा अगाडी बढ्ने इच्छाशक्ति हुनु पर्ने रहेछ, धकलेर हुँदो रहेछ । परिवर्तनै नहुने हैन तर त्यसका लागि वातावरण कस्तो छ त्यसको प्रभाव महिलाको जीवनशैली र नेतृत्वमा पनि सकारात्मक होस या नकारात्मक असर पर्दछ ।
परिवर्तनका लागि मैले धेरै महिलाको विगत वर्तमान अध्ययन गरेको छैन तर म आफ्नै उदाहरण दिन्छु, म पनि तपाई जस्तै महिला हो, चुलो चौकोमा मात्रै हैन समाजको अगुवाईमा पनि जुट्नु पर्दछ भन्दै महिला दिदीबहिनीहरुलाई संझाउने गरेको उपाध्यक्ष धिताल बताउनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *