मिलमा सल बेरिएर महिलाको निधन


बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर सोही स्थानकी स्मृति थारुको निधन भएको छ । स्मृतिको करिब ३० महिनाकी छोरी छन् ।

फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी अविराज थारुकी श्रीमती स्मृति दुबै जना मिलमा धान कुटाउन जानुभएको थियो । श्रीमानले मिलमा धान राखिरहनु भएको श्रीमति मिल नजिकै सल आडेरको समयमा सलको छेउ मिलमा बेटारिएर शरीर पनि मिलमा ठोकिदा मृत्यु भएको स्थानीय राजनीतिज्ञ अमर खड्काले जानकारी दिनु भयो ।
राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिनु भयो ।

शनिबार साँझ धान कुटाउने मिलको धुरामा उनले ओडेको सल बेरिएपछि दुर्घटना भएको प्रहरी निरीक्षक विकेले बताएका छन । सल बेरिएर मिलको पट्टामा अल्झिन पुग्नुभएकी थारूको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतक थारूको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जमा ल्याएर परिक्षण पश्चात आइतबार दाससंस्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *