सुत्केरीको निधन


बाँके । सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ ज्यामिरेकी २६ वर्षिय सुत्केरी प्रेमकला थापा सुत्केरी पश्चात रगत निरन्तर बग्न थालेपछि उपचारका लागि स्वास्थ्य चौकी पुगाउन साथ निधन भएको छ ।
घरमै सुत्केरी भएकी थापाको अत्याधिक रगत बगेपछि उहाँलाई आफन्तले उपचारका लागि स्वास्थ चौकी देवस्थल लगेको थिए । घरमै २ वजे बच्चा जन्मिए पछि रक्तस्राव भएपनि ढिला गरी अस्पताल लगिएको थियोे । स्वाथ्यकर्मीले उपचार गर्ने मौकानै पाएनन् । उहाँको सुत्केरी पछि निरन्तर रगत बगिरहेको अवस्थामा अन्तिम समयमा अस्पताल ल्याएकोले उपचार संभव भएन स्वास्थ चौकी देवस्थलकी अनमी लालिका चौधरीले जानकारी दिनु भएको छ । वच्चाको भने अवस्था सामान्य रहेको जनाएको छ ।
स्वास्थ्य सचेतनाको कमी र अझैपनि परम्परागत रुपमा नै स्वास्थ्यकर्मीको निगरानी विना नै सुत्केरी हुने यस क्षेत्रका महिलाको बाध्यता जस्तै छ । भौगोलिक विकटताले पनि समयमा स्वास्थ्य केन्द्रमा विरामी पुगाउन मुस्किल हुने गरेको छ ।
दुर्गा बि.सी., सल्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *