उपमेयर छात्रा क्रिकेटमा मंगल र नेपालगन्ज मोडेल एकेडेमी सेमिफाइनलमा प्रवेश

बाँके । नेपालगञ्जमा जारी प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगितामा मंगल प्रसाद मावि र नेपालगन्ज मोडेल एकेडेमी बिजयी भएका छन् । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको शनिबार भएको पहिलो खेलमा मंगल प्रसाद मा विले एबिसी रेसिडेन्टल लाई पराजित गरेको हो ।

खेलमा टस जितेर पहिला व्याटिग गरेको एबिसिले १२ ओभरमा २ विकेटको नोक्सानीमा ५९ रन वनाएको थियो । उसका लागि स्वतिका गिरि १७ रनको पारी खेलिन । मंगलका बलर प्रतीक्षा चौधरीले २ विकेट लिए । जबाफी व्याटिगमा आएको मंगलले ९ओभरमा ५ बिकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो । अखिला घर्ती मगरले २५ रनको योगदान गरिन । एबिसीका सोनि ढंुगाना बलर २ विकेट लिइन् । खेलमा घर्ती मगर ओमेन अफ दि म्याच घोषित भए । यसै बिच दोस्रो खेलमा नेपालगन्ज मोडेल एकेडेमी बिजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। उसले भेरी इगलिस स्कुललाई ९ विकेटले पराजित गरेको हो ।

खेलमा पहिले व्याटिग गरेको भेरी इग्लिसले १२ ओभरमा ७ विकेटको नोक्सानी मा ५२ रन बनाएको थियो । उसका लागि सदिका बागवानले २५ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदशन गर्न सकेनन् । नेपालगन्ज मोडेलल का बलर सुस्मिता बजगाइ ले २र सुस्मिता केसि ले १ बिकेट लिइन् । जबाफी व्याटिगमा आएको मोडेलले ३ ओभर ३ बलमा मात्र १ बिकेटको नोक्सानि ५४ रन बनाउन सक्यो । भेरी का सुनिता भण्डारीले १ विकेट लिइन् । खेलमा सुस्मिता बजगाइ म्यान अफ दि म्याच घोषित भइन ।

प्रतियोगितामा १४ माविका महिला टिम सहभागी रहेको छ ।प्रतियोगितामा आइतबार युद्ध मावी र होलिल्याड तथा नेपालगन्ज मोडल एकेडेमी र आदर्श मावी बिच खेल हुने बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा मगरले जानकारी दिनु भयो । प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोश्रो हुनेलाई २० हजार रुपैयाँ लगायतका पुरस्कार दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *