आज समिरले नचाए, भोली कालिप्रसादको टिम आउदै

बाँके । नेपालगन्जमा संचालित महोत्सवमा भोली आईतबार कालीप्रसाद बास्कोटा, चन्द्र शर्मा, अनिता चलाउने, करिश्मा ढकाल, नेपाली लोकगीतमा पिएचडी गर्ने अमेरिकी गायिका अना स्टी आउँदै हुनुहुन्छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर, कारकाँदोमा भइरहेको प्रादेशिक महोत्सवस्थल शनिबार दर्शकले भरिएको छ । उल्लेखिय दर्शकको सहभागि भएको प्रचार प्रसार समितिका संयोजक टंक धामीले बताउनु भयो ।

शनिबारदाङ्ग निवासी गायक समिर आचार्यले नचाउनु भएको छ । बिशेष गरी युवा पुस्ता माझ लोक गायक आचार्यको देशमै पहिलो प्रस्तुती नेपालगन्जमा थियो । ‘ तिमि हिड्ने बाटो पिच गर्दिन्छु,’ ‘घाममा सुकाईदेउ’, जस्ता गीत गाएर महोत्सव तताएका थिए । त्यस्तै एन्जिला रेग्मी, सिर्ज‘ु अधिकारी, नमस्ते दिवाकारको बिशेष प्रस्तुती दिएका थिए । फाल्गुण १९ गतेदेखि शुरु भएको महोत्सव २९ गतेसम्म सन्चालन हुने छ ।

महोत्सवमा मनोरन्जनका साथै व्यवसायीक कारोवार समेत भइरहेको प्रचार प्रसार समितिका उपसंयोजक चिरञ्जीवी ओलीले बताउनु भयो । उहाँका अनुसार अटोमोवाईल, खाद्यन, लत्ताकपडा जस्ता सामाग्रीहरुको बिक्री बितरण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *