सिटी कलेज अफ म्यानेजम्यान्टले स्वागत र विदाई कार्यक्रम सम्पन्न


बाँके । नेपालगन्जको पासाङ्ग ल्हामु मार्ग रहेको सिटी कलेज अफ म्यानेजम्यान्टमा विविएसमा अध्ययनरत विद्यार्थीले नयाँ विद्यार्थीलाई स्वागत तथा पुरानालाई विदाई कार्यक्रम गरेको छ । विविएस प्रथम वर्षमा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको थियो भने विविएस चौथो सेमिष्टर अध्ययन पुरा गरेका विद्यार्थीलाई विदाई गरिएको थियो ।

स्वागत तथा विदाई कार्यक्रम प्रमुख अतिथि, त्रिभुव विश्वविद्यालय सह–परीक्षा नियन्त्रक तिर्थराज न्यौपानेले व्यवस्थापन संकायमा अध्ययन गर्ने अरुको सिकोमा नभई आवश्यकताका आधारमा अध्ययन गर्नु पर्ने र विषयबस्तुमा निखार ल्याई अध्ययन गर्न सके सफल र दक्ष जनशक्ति उत्पादन हुने बताउनु भयो । सह–परीक्षा नियन्त्रक न्यौपानेका अनुसार देशलाई क्षमतावान व्यवस्थापनको खाँचो परेको अवस्था सो आवश्यकता पूर्ति गर्न सक्ने शैक्षिक जनशक्ति उत्पादनमा सिटी कलेजले सहयोग गर्ने वताउनु भएको थियो ।

कार्यक्रममा त्रिभुन विश्वविद्यालय अर्थशास्त्रका सह–प्राध्यापक एवम् प्रदेश नं. ५ राजश्व परामर्श समितिका सदस्य कृष्णकुमार लम्साल, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चक्रबहादुर बम, लक्ष्मण पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

स्वागत तथा विदाई कार्यक्रमको सभापति, डा.कौशल कुमार बर्माले गर्नु भएको थियो । कार्यक्रममा व्यवस्थापन संकायको अध्ययन गरिने विद्यार्थीबीच स्वागत र विदाईका साथै विभिन्न साँस्कृतिक कार्यक्रम पनि भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *