रौतहटको जनसभामा मानवसागर

बाँके । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मधेशमा आयोजना गरेको पहिलो जनसभामा मानवसागर उर्लिएको छ । नेकपा प्रदेश नम्बर दुईले आज रौतहटको गरुडामा आयोजना गरेको जनसभामा मानवसागर उर्लिएको हो ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहभागी जनसभामा अहिलेसम्मकै सवैभन्दा बढी मधेसी जनता सहभागी भएका हुन ।

गरुडाको आजको सभामा देखिएको सहभागिताले तराई मधेशका जनता नेकपाको पक्षमा छन । अव तराई मधेशमा नेकपा भन्दा बलियो शक्ति अरु छैन भन्ने प्रमाणित गरेको छ । तराई मधेशको बिकाशका लागि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र नेपालले गर्नुभएको योगदानको कारण पछिल्लो समय मधेशका जनता नेकपाप्रति आकर्षित बनेका हुन ।


‘मधेशको बिकाशमा नेकपाकै नेताहरुको योगदान छ, यही तथ्य बुझेपछि मधेशका नागरिक नेकपा र यस्का नेताप्रति आकर्षित बनेका हुन,’ आमसभामा आएका एक समर्थछ भन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *