प्रवचन र प्रतियोगिता गर्दै मनाईयो ८ मार्च


बाँके । १०९ औ अन्र्तराष्ट्रिय महिला दिवस बाँकेको डुडुवा गाउँपालिकामा आज भव्य रुपमा मनाइएको छ । डुडुवा गाउँपालिकाको आयोजनामा आयोजित विशेष कार्यक्रम अन्र्तगत बृहत र्याली, हाजिरी जवाफ प्रतियोगिता, सांस्कृतिक एकल तथा समूह नृत्य प्रतियोगिता गरिएको छ ।
विशेष समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले महिला हिंसाविरुद्ध बनेका कानूनको पुर्ण रुपमा कार्यन्वयनका लागि यसका सरोकारवाला निकायको मुख्य भुमिका रहेको बताउनुभयो । उहाँले आ—आफ्नो घर समुदायबाट नै लैङिंक हिंसा विरुद्धको अभियान संचालन गरे मात्र यसको न्युनीकरणमा सहयोग पुग्ने भन्दै त्यसका लागि समुदायस्तरमा सचेतनाको अभिबृद्धि गराउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष चौधरीले गाउँपालिकाले महिला अधिकार, सहभागिता, पहुँच, सिपमुलक तथा आय आर्जनका कार्यक्रम र शसक्तिकरणका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष शाहिदा बानौको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य लिलावती यादव, कमला शाही, रिता परियार स्थानीय महिला प्रेमा शाही लगायतले बोल्नुभएको थियो ।
हाजिरी जवाफ प्रतियोगितामा पशुपति मावि नौरीगौढी बेतहनी प्रथम, शहिद मावि कम्दी दोस्रो र श्री मा वि बनकट्टी तेस्रो भएका थिए । विजयी समुहहरुलाई नगद पुरस्कार वितरण गरिएको थियो । यसैगरि नृत्य प्रतियोगितामा पनि विजयी प्रतियोगीहरुलाई नगद पुरस्कार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
विभिन्न संस्था तथा समुहहरुको सहकार्यमा गाउँपालिकाको ६ वटै वडाबाट छुट्टछुट्टै रुपमा निस्किएको महिलाहरुको रयालीले गाउँको परिक्रमा गरि गाउँपालिका कार्यालयमा पुगेर समापन भएका थिए । कार्यक्रममा करिब ३सय बढी महिलाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *