वडा नं. २० स्तरीय खेलकुद समापन

 

 


बाँके। विद्यालयस्तरीय देखि नै खेलको विकासका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० ले वडास्तरका खेलकुद प्रतियोगिताको आज समापन गरेको छ ।
वडा नं. २० अन्तर्गत रहेका सबै विद्यालयकाबीच भएको प्रतियोगितामा माध्यामिक तर्फआर्दश माध्यामिक प्रथम पसुपति माध्यामिक दितृय र जयजनता माध्यामिक विद्यालय तृतिय भएकोछ । त्यसैगरि आधारभुत तर्फ जयजनता प्रथम आर्दश दितृय भएको छ। विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा माध्यामिक तर्फ ६र आधारभुत तफ ९वटा विद्यालयले भाग लिएका थिय ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडिहरुलाई व नेपालगन्ज उपमहानगरपालिका वडा नं. २०का वडा अध्यक्ष कृष्ण कार्कीर्ले पुरस्कार र प्रमार्णपत्र बितरण गर्नु भएको थियो।

जयजनता माध्यामिक विद्यालयमा संचालन भएको दोस्रो वडास्तरी खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगितामा वडा पालिकाको आर्थिक सहयोग रहेको थियो । तीन दिन सम्म संचालन भएको खेलमा सबै प्रकार दौड, भलिबल, फुटबल, नृत्य, कवडी लगायतका खेलहरु समावेस गरिएको थियो।
यस वडामा रहेका विद्यालयका विद्यार्थीको औपचारी शिक्षा आर्जनका साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरु अब्बल हुनुपर्ने भएकाले यस प्रकारको कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कार्कीले वताउनु भयो । समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीका साथै स्थानीय नागरिकको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *