सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति, अखण्ड नेपाल स्वीकार (यी हुन् सहमतिका बुँदा)

बाँके । सरकार र स्वतन्त्र मधेश गठबन्धनविच अखण्ड नेपाल स्विकार गर्ने गरी ११ बुदे सहमति भएको छ । राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सो ११ बुदामा सरकार र गठबन्धनका सिके राउतविच सहमति भएको हो ।

सहमतिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका राउतले हस्ताक्षर गर्नुभएको छ । सहमतिमा गठबन्धनले अखण्ड नेपाल स्विकार गर्ने र मुल राजनीतिमा आउने उल्लेख छ । यसैगरी गठबन्धनको आन्दोलनका बेला प्रक्राउ परेका र घाइते भएकालाई सरकारले उपचार गर्ने र मुद्धा फिर्ता लिने सहमति पनि भएको छ ।

सहमतिअनुसार पृथक्तावादी अभियान चलाउँदै आएको सो समूहले नेपालको अखण्डतालाई स्वीकार्ने र संविधानअनुसार लोकतान्त्रिक विधि पालना गर्ने भएको छ। सरकारले पनि सो गठबन्धनका नेता तथा कार्यकर्ताविरुद्ध लागेका मुद्दा फिर्ता गर्ने भएको छ। थुनामा भएका सो समूहका कार्यकर्ता र समर्थकलाई निस्शर्त रिहा गरिने पनि सहमतिमा उल्लेख छ।

यी हुन् सहमतिका बुँदा
१. मुलुकको स्वाधीनतालाई स्विकार्ने।
२. लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने।
३. असन्तुष्टि समाधान गर्ने।
४. राउतको संगठनमाथि लागेका मुद्दा फिर्ता लिने।
५. राउतको संगठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामग्री प्रयोगमा नल्याउने।
६. विखण्डनवादी क्रियाकलाप नियन्त्रण गर्ने।
७. संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउन सक्ने।
८. गत भदौ १५ गते बाँकेमा मारिएका राम मनोहर यादवको परिवारलाई क्षतिपूर्ति र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने।
९. घाइतेहरुको सरकारले उपचार गर्ने।
१०. राउतको संगठनका कार्यकर्तामा भएको सिपलाई राष्ट्रको हितका लागि उपयोग गर्ने।
११. सहमति आजैबाट लागू हुने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *