आज ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश


बाँके । आज ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने मूल नारातय गरिएको छ । बाँके जिल्लामा विभिन्न कार्यक्रम गरी नारी दिवस मनाईदै छ । सरकारी निकाय, स्थानीयतह र विभिन्न गैर सरकारी क्षेत्रमा नारी दिवस मनाइदै छ ।

दिवशका अवसरमा राष्ट्रप्रमुख, सरकार प्रमुख र राजनीतिक दलका शीर्ष नेताले शुभकामना दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गर्नुभएको छ। महिलाको हक अधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गर्नु भएको छ ।

१०९ औँ अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *