प्रादेशिक महोत्सवमा नारी दिवसका दिन महिलालाई टिकटमा छुट


बाँके । नारी दिवशको अवसरमा महिलालाई प्रति टिकट १० रुपैया छुट दिने प्रादेशिक महोत्सव नेपालगन्जका आयोजकले वताएका छन ।

नाचगानका माध्यमले दर्शक मेला भित्र प्रवेस गराउने चलननै छ । यसैगरी शुक्रबार नाम चलेका पशुपति शर्मा, यम बराल, कला लम्साल, म्याक्सीम खाती मेलामा आउदै छन् ।

बिहिवार गायिका मेलिना राईको गीतमा दर्शकहरु नाँचेका छन् । त्यस्तै अछाम निवासी सज्जन धामीका देउडा गीतले महोत्सव तताए । ‘म त गाउँकी गोरीरे, गोजीमा दाम छैन, रिटिङ्ग रिटिङ्ग , तीन बर्षमा एक मैनानी गाँउमा नआउनी’ जस्ता गीत गाएर राईले दर्शकलाई नचाएकी
थिईन ।
त्यसैगरी पछिल्लो समयका चर्चित हाँस्यकलाकार पोख्रेली धुर्मुस, डेउडा गायक सज्जन धामी लगायतले समेत उत्कृष्ट प्रस्तुती दिएका थिए । फाल्गुण १९ गतेदेखि सुरु भएको महोत्सव २९ गतेसम्म सन्चालन हुने छ । महोत्सवकाचौथो दिन बिहिवार दर्शकहरुको उत्साहजनक सहभागिता भएको प्रचार प्रसार उपसमिति संयोजक टंक बहादुर धामीले जानकारी दिनु भयो । महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै ब्यापार व्यवसाय पनि बढेको प्रचार समिति उपसंयोजक चिरञ्जीवी ओलीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *