उपमेयर कप छात्रा क्रिकेटमा एबिसी र नेपालगन्ज मोडेल एकेडेमी बिजयी

बाँके । नेपालगञ्जमा जारी प्रथम अन्तर मावि उपमेयर कप छात्रा क्रिकेट प्रतियोगितामा एबिसी रेसिडेन्टल मावि र नेपालगञ्ज मोडेल एकेडेमी बिजयी भएका छन् ।

बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको बिहिवार पहिलो खेलमा शान्ती विद्या निकेतनले प्रतियोगितामा भाग नलिए पछि एबिसी रेसिडेन्टल वाक ओभरका आधारमा बिजयी भएको छ । प्रतियोगिताको दोस्रो खेलमा नेपालगञ्ज मोडेल एकेडेमी १ सय १९ रनले बिजयी भएको छ ।

खेलमा टस जितेर पहिला व्याटिङ गरेको नेपालगञ्ज मोडेलले १२ ओभरमा १ सय ५७ रन वनाएको थियो । उसका लागि स्वातिका बजगाइले ८०, स्वातिका के सी ले ३६, र सुस्मिता बजगाईले ३० रनको पारी खेलीन । होपका निर्मला देउवाले १ विकेट लिए । जवाफी व्याटिङमा आएको होपले १२ ओभरमा मात्र ३८ रन मात्र बनाउन सक्यो । उसका लागि भारती थापाले ७ रन बनाउनु बाहेक अरुले राम्रो प्रदशन गर्न सकेनन् । मोडेलका बलर स्वास्तिका बजगाइ र सुस्मिता बजगाइले समान २ र २ विकेट लिइन् । खेलमा स्वस्तिका ओमेन अफ दि म्याच घोषित भइन । प्रतियोगितामा १४ माविका महिला टिम सहभागी रहेको छ ।

प्रतियोगितामा शुक्रबार शान्ती होलिल्याड मा वि र धम्बोझी मवि तथा आदर्श र वेस्ट जोन मावी बिच खेल हुने बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा मगरले जानकारी दिनु भयो । प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोश्रो हुनेलाई २० हजार रुपैयाँ लगायतका पुरस्कार दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *