लैङ्गिकता र समावेसी विषयमा शिक्षकलाई अनुशिक्षण


बाँके । खजुरा गाउँपालिकामा लैङ्गिक रुपान्तरण तथा समावेसी शिक्षा परियोजना बाल विकास केन्द्र देखि कक्षा ३ सम्मका कक्षा शिक्षकहरुको लागि तीन ३ दिने लैड्डिक रुपान्तरण सम्बन्धी शिक्षण अनुशिक्षण शुरु भएको छ ।
खजुरा गाउँपालिका शिक्षा शाखा खजुरासँगको समन्वयमा प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्ज र सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपाल बाँकेको साझेदारिमा संचालित गोष्ठीमा परियोजना संचालन भएका बिद्यालयका शिक्षकहरुका लागि ३ दिने लैड्डिक रुपान्तरण तालिम सुरु गरिएको हो । शिक्षण तालिममा सामाजिकरणमा लैङ्गिकताको भुमिका, परम्परागत लैङ्गिकता अबधारण, लैङ्गिक मैत्री बिद्यालयका विषय तालिम दिइएको छ ।
ब्यबस्थापन समिति तथा शिक्षकको काम कर्तब्य र भुमिका, शैक्षिक शुशासन बालविकास केन्द्र तथा पूर्व प्राथमिक कक्षामा लैङ्गिक रुपान्तरणमुलक प्रारम्भिक सामाजिकिकरण, कक्षा १ देखि ३ सम्मको मेरो सामाजिक अध्ययन तथा सृजनात्मककला, मेरो नेपाली किताबमान लैङ्गिकमैत्री नभएका शब्द चित्र, बाक्यका बारेमा तालिम अबधिभर छलफल गरियो । यस्ता विषयमा कार्ययोजना निर्माण गरी आगामी दिनमा बिधालय स्तरमा शैक्षिक सामाग्री र उचित प्रयोग, लैङ्गिक बिभेदीकरणको अन्त्य, मनोरञ्जानात्मक शिक्षण सिकाई, छुवाछुतको अन्त्य भएको पाईने छ । जसबाट बालबालिकाको भर्नादरमा बृद्घि, कक्षाकोठा ब्यबस्थापना, बसाई ब्यबस्थापन, भएरहित सिकाई, दैनिक उपस्थिती रहेको, मुल्यांकनमा सहजता, बालबालिकाहरु अनुशासित, अभिभावक उपस्थितीमा सक्रियता, सिकाई उपलब्धीमा बृद्घि,किशोरीहरुको उपस्थितीमा निरन्तरता, भएको पाइने अपेक्षा गरिएको छ ।
तालिम सहजिकरण परियोजना फिल्ड सिनियर सुपरभाईजर लक्ष्मी शर्मा, परियोजना अधिकृत कल्पना अधिकारी र गाउँ शिक्षा शाखा खजुराका श्रोत ब्यक्ति टंकनाथ दहालले गर्नु भएको थियो तालिम माध २६ गतेदेखि २८ सम्म संचालन हुनेछ । खजुरा गाउँपालिका बिभिन्न वडामा संचालित ९ वटा बिद्यालयका २४ जना शिक्षकहरुको सहभागीता रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *