संचार केन्द्र स्थानन्तरको साप्ताहिक पाक्षिक संजाल बाँकेको विरोध


बाँके । नेपालगन्जमा रहेको संचार केन्द्र रुपन्देहिमा स्थानन्तर गरिएकोमा साप्ताहिक पाक्षिक पत्रिकाको संजाल बाँकेले आफ्नो ध्यानकर्षण भएको वताएको छ ।
साप्ताहिक पाक्षिक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलद्वारा जारी गरीएको प्रेस विज्ञप्ती मार्फत प्रदेश ५मा रहेका १२ वटा जिल्लालाई पायक पर्ने स्थान नेपालगन्ज रहेको र रुपन्देहिमा हँुदा असहज पर्ने भएकोले सो कार्य नगर्न सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।
प्रदेश ५को राजधनी रुपन्देही भनि आधिकारीक निर्णय नभइ सकेको अवस्थामा उक्त कार्यालय स्थानान्तर गर्नु उपयुक्त नदेखिएको र यस क्षेत्रका संचारकर्मीलाइ ठूलो मर्का र समस्या पर्ने भएका कारण उक्त कार्यालय यथास्थानमा राखी कार्य संचालन गर्न सम्बध मन्त्रालयलाई समेत अनुरोध गरिएको छ ।
साप्ताहिक पाक्षिक संजाल बाँकेका सविच अजय गुप्ताले नेपाल सरकारले संचार केन्द्रलाइ स्थानान्तर गर्ने निर्णय नसच्चाए थप आन्दोलनमा उत्रने समेत चेतवानी समेत दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *