प्रादेशिक महोत्सवमा चर्चित कलाकार आउने


बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सडक डिभिजन परिसर, कारकादोमा सुरु भएको प्रादेशिक महोत्सव २०७५ को आज चौथो दिन बिहिवार र मेलिना राई, सज्जन धामी,नायिका मल्लिका महत, नायक सलिनमान बाँनिया, पोख्रेली ध्रुमुस सहभागि हुने भएका छन् ।
फाल्गुण १९ गतेदेखि सुरु भएको महोत्सव २९ गतेसम्म सन्चालन हुने छ । महोत्सवका चौथो दिन बिहिवार दर्शकहरुको उत्साहजनक सहभागिता भएको प्रचार प्रसार उपसमिति संयोजक टंक बहादुर धामीले जानकारी दिनु भयो ।
महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै ब्यापार व्यवसाय पनि बढेको प्रचार समिति उपसंयोजक चिरञ्जीवी ओलीले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *