भृकुटीमा नयाँलाई स्वागत पुरानालाई विदाई


बाँके । भृकुटी सेकेन्डरी स्कुल पासाङ्ग ल्हामु मार्ग रहेको विद्यालयमा नयाँ विद्यार्थीलाई स्वागत तथा पुरानालाई विदाई कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको थियो भने कक्षा १२ को अध्ययन सम्पन्न गरेका विद्यार्थीलाई विदाई गरिएको थियो ।

स्वागत तथा विदाई कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगरशिक्षा प्रमुख मनप्रसाद रेग्मीको प्रमुख आतिथ्यमा भएको थियो । प्रमुख रेग्मीले भृकुटीले बाँके जिल्लाको शिक्षा आर्जनमा विशेष योगदान दिएको वताउनु भयो । व्यवस्थापन संकायको अध्ययन गर्ने विद्यार्थीका लागि गुणस्तरीय शिक्षा आर्जन गर्न पाउनु अवसर भएको वताउनु भयो । कार्यक्रममा त्रिभुन विश्वविद्यालय अर्थशास्त्रका सह–प्राध्यापक एवम् प्रदेश नं. ५ राजश्व परामर्श समितिका सदस्य कृष्णकुमार लम्सालले अध्ययन गर्न आउने आफ्ना अग्रजलाई विदाई गर्नु र स्वागत गर्नु स्वभाविक हो तर व्यवस्थापन विषयमा अब्बल हुनका लागि विद्यार्थीले आफुमा निखारता ल्याउनु पर्ने वताउनु भयो ।


सदस्य लम्सालले देशमै सक्षम र क्षमतावान व्यवस्थापकको खाँचो रहेकोेले अध्ययन गर्न आउने नयाँ विद्यार्थीलाई आफु त्यो उचाइमा पुग्ने सपनाका साथ अध्ययन गर्न सुझाव समेत दिनुभएको थियो ।
हरेक वर्ष जस्तै यस वर्ष पनि विद्यालय परिवारको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको थियो । व्यवस्थापन संकायको अध्ययन गरिने विद्यार्थीबीच स्वागत र विदाईका साथै विभिन्न साँस्कृतिक कार्यक्रम पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *