मौलिक र ऐतिहासिकतालाई सरकारले सहयोग गर्दछः मुख्यमन्त्री शाही


बाँके । वनगाड कुपिण्डे कृषि पर्यटन तथा साँस्कृति महोत्सव सोमबार भव्य समारोहकाबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नु भएको छ ।
वनगाड कुपिण्डे नगरपालिकाको देवस्थलमा महोत्वस उद्घाटन गर्दै शाहीले यस क्षेत्रका कृषि र सस्कृति आफ्नै मौलिकता र ऐतिहासिक भएकोले यसको संरक्षण र सम्बर्धनका लागि महोत्वस सहयोगी हुने वताउनु भएको छ । लोप हुन लागेको परम्रागत कृषि खेतीलाई पुनःसंरक्षण गर्न वनगाड र कुपिण्डे क्षेत्रका नागरिकले गरेका पहल र प्रयासमा प्रदेश सरकार भरपुर सहयोग गर्ने बताउनु भएको थियो । महोत्सव फागनु २० देखि २८ गते सम्म संचालन हुने छ ।
महोत्वस उद्घाटनमा कर्णाली प्रदेशका आर्थिक मालिला मन्त्री प्रकाश ज्वालाले वनगाड आर्थिक रुपले समृद्ध क्षेत्र हो भने कुपिण्डे साँस्कृतिक र पर्यटकीय क्षेत्रका रुपले समृद्ध हो, यसलाई जोगाउन युवा पुस्ताले गरेको प्रयासलाई आफुले सहयोग गर्ने वताउनु भयो । कार्यक्रममा नेकपा कर्णाली प्रदेशका मुख्यसचेतक गुलाबजंग शाहले युवा पुस्ता यस्ता महोत्वस मार्फत संस्कृति र कृषि पर्यटनमा गरेका प्रयासलाई सबै तहका सरकारलाई सहयोग गर्न अनुरोध गर्नु भयो ।


वनगाड क्षेत्रमा परम्परागत रुपमा लगाउदै गरेको जरन धान, लहरे मास, डोटेल गहुँ लगायतका अन्नबाली लोप जस्तै भएका छन् । यस क्षेत्रमा मानव वस्ती बसेदेखि खेतीको रुपमा गर्दै आएको अन्नबाली र नगदेबाली लोप भएकोमा यहाँ किसान चिन्तित छन । जनसंख्या बृद्धि हुँदै जाँदा अन्न उत्पादन प्रणाली परम्परागत हुँदा गुणात्मक रुपमा राम्रा भएका अन्नहरु कम उत्पादन हुने भएकोले यस प्रकारका अन्नबाली लोप गर्नु पर्ने बाध्यता किसानमा रहेको छ ।
यसक्षेत्रका साँस्कृतिक परम्परा, नाच र गीत पनि बदलिदो परम्परा र परसंस्कृति ग्रहणका कारण लोपहुन दिनबाट यहाँका युवा संरक्षणमा जुटेका छन । सोरठी, सिंगारु, लहरे, झाम्रे, सरङ्गे लगायतका नाच पनि लोप हुने अवस्थामा रहेका छन ।
महोत्सवमा विभिन्न लोप हुन लागेका मौलिक नाच र देशमा नाम चलेका कलाकारहरुको हरेक दिन प्रस्तुती रहने महोत्वसका संयोजक जीवन बिसीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *